Thursday, November 26, 2015

मनौरो !

"सिग्रेट छोड्दा नि त्यो सिग्रेटको माया लाको होला हैं तिमीलाई, तर मबाट टाढा हुदाँ मेरो अलि नि माया लागेन नि?," भन्दै जोरसँग फोनमा कराइछे ऊ।  समिरसँग बोल्ने नि मन थिएन ऊसलाई तर सहनको नि सीमा हुदों हो शायद। अनि आज त्यो बाँध फुटेको थियो।

"सिम्रिका" हो यहि नाम दिएको थियो समिरले काजललाई र ऊ पनि यो नाम पाई मक्ख परेकि थिई। थाहा थिएन नि दुनियाको नियम ऊसलाई।  आफु जस्तै सरस-सलिल जो सोच्दथि सबैलाई। समिर पनि आफ्नो नाम सरि नै थियो, उडेर जान आतुर। तर समीरको उडानले काजलका खुला पखेटाहरुलाई काटिदिएको थियो र ऊस्लाई यस्को हेक्का नि थिएन। हेक्का ऊ लिन नै चाहदैन थियो खासमा। ऊ उन्मुक्त हुन चाहन्थ्यो, उन्मुक्तताको सिमा नै थिएन उस्को जीवनमा । मनुष्य स्वार्थि हुञ्छ, हो यो ध्रुव सत्य हो! तर स्वार्थको नि सिमा हुदों हो सायद तर समीरको जीवनमा यो नि लागु हुदैन थियो। काजल सोच्दथी बेर-बेरमा त्यस्तो निस्ठुरी त होइन होला समिर, तर समिरको बारेमा रहेको हरेक सोच नै गलत ठहरिदैं आई रहेको थियो उस्को अहिलेसम्म  ।

पढ्ने निकै शौक थियो काजललाई । पढेकी थिइ उसले वियोगान्त कथाहरु जुन् पढ्दै गर्दा उसलाई निकै हाँसो उठ्थ्यो। तर जीवन भनेको त ठ्याक्क त्यो फिक्सनल कथा जस्तै पो हुदो रहेछ त, सम्झी-सम्झी उस्लाई रुन आईरहेको थियो अचेल। मुड छिन् छिन्मा परिवर्तन भै रहन्थ्यो उस्को आजकाल। खाने मन झन् बढि लाग्ने , कुरा गर्दा-गर्दै रिस उठि हाल्ने वा आँखा पिल-पिलाउने हुने भै रहन्थ्यो ।  बडो गाह्रो स्थिति थियो उस्को। आज सम्म थाहा पाएकी थिइन उस्ले त्यस्तो नि हुन्छ भनि, जीवनको नयाँ आयामहरु उस्को आँखा सामु प्रस्ट जो भै रहेका थिए।

सोच्दा सोच्दै दिउसोबाट साँझ परि सकेको रहेछ। "नानि खान आउ," आमाको पाँचौ पटकको पुकार थियो त्यो। जहिले ढिला नै खान जान्थी उ, तेही भएर खासै वास्ता भएको थिएन उस्को क्रियाकलाप घरमा कसैलाई। उ टुटेकि थिइ भन्ने त कसैले कल्पना नै गर्न सक्दैनथ्यो, यति प्रखर र कडा छाप थियो उस्को घरमा।  तर सायद अब यो  मुखौटा पहिरिन सक्ने स्थितिमा थिइन ऊ।  ऊ आजित भै सकेकी थिइ आफै संग।  बेर बेरमा भागेर कुनै पहाडको कुनामा जाउ जस्तो लाग्दथ्यो ऊसलाई। तर यसरि समस्या संग भाग्ने बानि नि थिएन उस्को, तेही भएर आफुलाई रोकी राखेकी थिई उसले। कुन दिन यो बाँध फुट्ने छ र आफु भित्र रोकी राखेको भेल बग्ने छ भन्ने मात्र पिर थियो ऊसलाई। तेही भएर नि ऊ समिरलाई एक चोटि भेट्न चाह्न्थी, मनमा लागे जतिको सबै भडास समिरलाई नै सुनाएर आजित हुन चाहन्थी ऊ यो छट्पटीबाट।

मोबाइल निकालेर म्यासेज छोडी दिई समिरलाई ऊसले तेही भएर "म तिमीलाई भेट्न चाहन्छु समिर। भोलि भेटम न ५ बजे पाटनमा। "

"सरि सिम्रिका, म त अहिले काठमाडौँ बाहिर छु। फर्किए पछि कल गर्छु नि ल। अनि भेटम्ला।" म्यासेजको जवाफ तुरन्तै आयो। ठिक्क कुरो गर्ने बानि जो थियो समिरको सम्झि काजलले। भेट हुदा चाहिँ समिर नै बढि बोल्दथ्यो, देश/दुनिया/ ठाउँ सबैको बारे, तर म्यासेज चाहिँ काजलको हुन्थे लामा लामा। लेख्ने शौक भएर हो कि वा लेखेर बढी भन्न आऊँदथ्यो ऊसलाई ऐले सम्म टुंगो लगाउन सकेकि थिइन ऊसले।

तेस्पछिका कयौ दिन कुर्दै बिते।

*********************

आज चाँही समिरलाई  भेट्न बोलाएकी थिई ऊसले। (क्रमश:).......मनौरो (भाग-२)!

0 comments:

Post a Comment