Thursday, January 19, 2017

'सम्झनामा बुवा'

दिन बद्लिदै गए
बद्लिएन कहिल्यै सूर्यको गति 
बद्लियो त केवल बद्लियो
बुवा ! साथ हजुरको ।

सम्झिदै छु ति दिनहरु
जसमा हुन्थे 
सदैव प्रेरणादायी शब्दहरु
र केहि गर्न उत्सर्ग उमंगहरु 
बुवा ! त्यस्तो उत्साह हजुरको ।

सम्झनामा रहे अब ति दिनहरु 
जसमा हुन्थे अट्टहास 
र लेखिरहेका ति कर्मशील हात
बुवा ! त्यस्तो प्रेरणा हजुरको ।

जीवनपर्यन्त कहिले नबद्लिएको
किन बद्लिएर गयो
अचानक
बुवा ! दिनचर्या हजुरको ।

छयासी बसन्त पार गरि नि सदैव
केहि गर्न तल्लिन त्यो मन
त्यो उमंग
अब कहाँ कसरि खोज्नु
बुवा ! जीवनतता हजुरको ।

अब त केवल सम्झनामा
रहनु हुने हजुर,
साथ छ हाम्रो अब
बुवा ! आशिर्वाद हजुरको ।

हजुरलाई कोटी कोटी प्रणाम बुवा !!

बुवा जन्म : १८ मंगसिर १९८७
स्वर्गारोहण : १४ पौष २०७३

इति !!