Tuesday, January 20, 2015

समय !

समय मसँग नभएको हो कि
समय तिमीसँगै नभएको हो
समयको वास्ता तिमीले नगरेको हो कि—
समयलाई मैले नै नचिनेको हो
समयसँग लुकामारी खेल्दै जाँदा 
समयकै कथा–व्यथा भन्दै जाँदा 
यही समय
सधैं आफूसँग कहिल्यै रहेन

हे समय ! 
तिम्रै गीत गाइरहँदा
हर निमेष तिम्रै कुरा गरिरहँदा
मलाई— सधैं तिमी किन अपुग हुन्छौ ?

फेरी पनि तिमीलाई नै सम्झीरहँदा 
तिम्रै कुरा गरिरहँदा 
तिमि जहिल्यै सकिहाल्छौ-
हातबाट बालुवा सरि 
मिर्मिरेमा उदाएको सुर्य अनि 
अध्यारो रातका चकमन्न तारा सरि
बद्लीहाल्छौ मौसम सरि 
अनि बगिहाल्छौ नदि सरि 

हे समय ! 
तिम्रै कथा सुनाइरहँदा
तिम्रै बारे व्याख्या गर्दा 
तिमी—सधै किन प्रश्न बनि आउछौ ?


इति !
परिदृश्य: गुगल इमेज! 

0 comments:

Post a Comment