Saturday, January 04, 2014

तिमी !


तिमी,
एउटा सोच
अनि कल्पना
एउटा परिवेश
त्यही निमिशेश

तिमी,
एउटा आकार
फरक प्रकार
तिमी नै आधार
अनि स्तम्भ

तिमी,
एउटा गीत
मधुर संगीत
खूला आकास
बादलको दरबार

तिमी,
मेरो आशा
अनि निराशा
एउटा भावना
अनि करुणा

तिमी,
दृश्य
अनि अदृश्य
फक्रिने फूल
ऊठ्ने छाल

तिमी,
आवाज
अनि मौनता
अर्थ
अनि तिमी नै रहस्य

तिमी,
आजको आरम्भ
अनि तिमी नै
लेखिएको
अन्त्य ।।

एवमस्तु !!

पहिले उप्लब्ध: @aakarpost.com (केही लाइन थपिएको छ यहाँ)
जहाँ पुग्दैन रवी त्यहा पुग्छ कवि (Imagination rules) :-)
Image courtesy: Friend !

0 comments:

Post a Comment