Friday, April 13, 2018

शुभकामना २०७५ !

नयाँ उमङ
अनी जोश जागर नयाँ
यो नयाँ बर्ष
लिएर आओस
खुशी नयाँ

सुख शान्ति नयाँ
रङ-रुप नयाँ
नयाँ विविधता
सुन्दरता नयाँ

लेखिनेछन फेरी कथा नयाँ
नयाँ पृष्ठभूमि
व्याख्यान नयाँ

छ नि त अनि भेश नयाँ
रचेका व्यथा नयाँ
सुनिएका ति
आर्तनाद नयाँ

फेरीएको छ मुहार नयाँ
देशको
परिवेशको
हुनेछ फेरी दशा नयाँ

र केहि गर्ने नशा नयाँ
नयाँ यो बर्षमा
रचिने फेरी काब्य-कथा नयाँ
दिए शुभकामना नयाँ
राखौ शुभाशिष नयाँ ।

इति !!

प्रकाशित: नयाँ पत्रिका 

0 comments:

Post a Comment