Friday, October 31, 2014

महर्षि वेदव्यासको कर्म भूमि

आत्माराम ओझा 

नेपाल भारत राजनीतिकरूपले अलग अलग राष्ट्र भए पनि सांस्कृतिकरूपले भने दुवै देशमा एकता छ। यसका लागि दुवै देशका धर्म प्राण हिन्दु जनताको छिमेकी देशको तीर्थाटनको निरन्तरता सृष्टि कालदेखि अहिलेसम्म यथावत् रहिआएको छ।

तैपनि महात्मा गौतम बुद्धको जन्मभूमि सम्बन्धमा होस् अथवा प्रथम सगरमाथा (एभरेस्ट) आरोहीको मामिलामा होस् भारतका केही पत्रपत्रिका नेपाली क्षेत्रका विशेषतालाई आफ्नो क्षेत्रमा रहेको लेख्न संकोच गर्दैनन्।

यसै सिलसिलामा चार वेदका सम्पादनकर्ता एवं अठार पुराण तथा महाभारत ग्रन्थसमेतका निर्माता भगवान द्वैपायन वेदव्यासलाइ पनि भारतीय क्षेत्रकै उत्पत्ति भनेर भारतीय समाचारहरुमा आउने गरेका छन्। नेपालको एउटा टिभी प्रसारणमा श्री वेदव्यासको जन्मभूमि नेपालको तनहुँ दमौलीमा भएको उनका पिता महर्षि परासर वेदव्यासको गुफा अहिलेसम्म विद्यमान रहेको तथा वेदव्यासको १०८ फुट अग्लो मूर्ति निर्माण गरिने भएको खबर प्रशारण भएको थियो। उक्त प्रशारणमा वेदव्यासले १८ पुराण पनि दमौलीमा नै बसी लेखेका थिए भन्नेसमेत उल्लेख थियो।

आफ्नो देशका महान् विभूतिहरुको परिचय देश विदेशमा दिइरहनु प्रशंसनीय कुरा हो तर अधुरा समाचारहरुले भ्रममात्र सिर्जना गर्छ। वेदव्यासको जन्म तनहुँ दमौलीमा भएको हुन सक्छ तर उहाँबाट रचित पुरानादी ग्रन्थहरु दमौलीमा बसेर लेखेका भन्ने कुनै प्रमाण प्रस्तुत भएन। महाभारत ग्रन्थमा वेदव्यासले हिमालय कैलाशतर्फ गमन गरेको यस श्लोकले पनि पुष्टि गर्छ :

स्वस्तिस्तेस्तु गमिस्यामी कैलाश पर्वत प्रति।
अप्रयस स्थिरोदान्त प्रिथिव्याम परिपालय।।
(महाभारत सभा पर्व (कल्याण अवतार अंकबाट)

महाभारत युद्धपूर्व कौरवहरुले पाण्डवहरुलाई राज्य अंश नदिने हठ गरेका कारण उत्पन्न अवश्यम्भावी युद्धमा क्षत्रीयहरुको महाविनाश हुन सक्ने भविष्य आंकलन गरी आमा सत्यवतीसहित व्यासले कैलाश पर्वततर्फ गमन गर्नुभएको स्पष्ट छ। कैलाश गमनको सिलसिलामा उहाँ दार्चुला जिल्लाअन्तर्गतका ठाउँहरुमा बस्नुभएको प्रमाण विद्यमान छन्।

दार्चुला जिल्लामा व्यास गुफा नामक एउटा विशाल गुफा (कन्दरा) जसमा बसेर वेदव्यासले भनेअनुसार गणेशजीले पुराणादि लेख्नुभएको थियो भन्ने कथा पनि छन्। प्राचीनकालमा भोजपत्रहरुमा लेख्ने गर्थे। यसैअनुरूप दार्चुलाकै विशाल भोजपत्रको जंगलबाट ठूलाठूला ताउ भोजपत्रहरु निक्लने हुनाले त्यसबाट निकालिएका भोजपत्रका ताउहरुमा गणेशजीले लेख्नुभएको थियो हककला। स्मरणीय , दार्चुला कैलाश पर्वत निकटको जिल्ला हो। शिवपार्वतीको निवास मानिएको कैलाशबाट वेदव्यासले गणेशलाई बोलाएर ल्याई ब्यास गुफामा बसी पुराण महाभारतादी ग्रन्थ लेखाएको हुन सक्छ। भगवान शिव मल्लिकार्जुनरूपले दार्चुला जिल्लाकै एउटा शिखरमा विराजमान हुनुहुन्छ लटबाब, गलबाब नाउले गणेशजी तथा कुमार कार्तिकेयका मन्दिर पनि विद्यमान छन्।

वेदव्यासको दार्चुला जिल्लामा निवास भएको कारण त्यहाँका आदिवासी सौका समुदाय आफूलाई भगवान वेदव्यासका सन्तति अथवा शिष्यका रूपमा मान्छन् यीमध्ये एउटा समूहलाई व्यासी पनि भन्छन्। यस क्षेत्रमा व्यासका नाउँबाट अनेक स्मृति विद्यमान छन् जसमा व्यास हिमाल, व्यास गर्खा, व्यास गुफा, व्यास मन्दिर पर्छन् व्यास मन्दिरमा वर्षेनी मेला लाग्छ सौका समुदायबाट पूजाअर्चना हुने गर्छ।

यसप्रकार वेदव्यासको जन्म भूमि कर्म भूमि नेपाली क्षेत्रमै रहेको बुझिन्छ। महाभारत ग्रन्थका कथाहरुमा पनि माता सत्यवतीले बोलाएका बेला हस्तिनापुर जाने/आउने गरेका प्रसङ्ग छन् तर उहाँको स्थायी बसोबास भने हस्तिनापुर होइन। तनहुँ दमौलीमा वेदव्यासको महिमा दर्शाउने स्मृति चिह्नस्वरूप उहाँको ठूलो मूर्ति स्थापित गर्ने जस्ता कुरा अत्यन्त सराहनीय छन्। तर महाभारतको महायुद्धपछि दार्चुला जिल्लामा निवास भएको कुरा वर्णन नभएमा उहाँको इतिहास अपूर्ण रहन सक्ने हुँदा यो प्रसङ्ग कसैले पनि छोड्नु हुँदैन।

श्रीकृष्ण द्वैपायन वेदव्यासको श्यामा (महाकाली) नदी विषयमा स्कन्द पुराणको मानस खण्डमा पनि यस प्रकार लेखिएको देखिन्छ :

k"hOTjf u'+? Jof;Zofdf d"n]nof]lDjtd\ .
cfrf/ xLgf blkhgf tq:yfg\k;Gtd ..
t]h]of Jof; ;b[iod\ exfly k"Hof g ;+;o .
of] j|h]g g[k;fO{ k'0o+ Jof;f>df k/d\ ..

cy{M Zofdf (dxfsfnL_ gbLsf] d"ndf tk:of ug]{ u'?Jof;sf] k"hf ugf{n] cfr/0fxLg JolQmx? Klg kljq x'G5g\ .

lxdfno t6] PDdf] k'0of Jof;f>df] xjf .
Zofdfof ;+ud k'0of ljz]if]0ft' j0f{t] ..
Zofdfof ;+ud] :gfTjf g/f]xl/ k/d\ j|h]t ..
;/k" ;+oq] k'0of Zofdf gfd ;dfugf ..

cy{M lxdfnosf] /d0fLo t6df l:yt k'Ho Jof; cf>d af6 pTkGg Zofdf (dxfsfnL_ gbLsf] ljz]if j0f{g ul/Psf] 5 . Zofdfdf :gfg ug]{ JolQm >L xl/ kb k|fKt ub{5 . 
स्मरणीय , कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपाली क्षेत्रको प्रमुख मार्ग पनि दार्चुला नै हो।  

0 comments:

Post a Comment