Sunday, July 13, 2014

भानु जयन्तिको उपलक्ष्यमा

भानु भक्ताचार्य प्रति
-आत्माराम ओझा

भाषा साहित्य सारा तब तक थियो औशी को रात जस्तो 
निन्द्रामा मग्न जस्तै भैकन सुतेको थियो  यो समाज। 
देखि  त्यस्तो अध्यारो तेस बीच छट्पट गर्दथिन राष्ट्र भाषा 
श्री भानुभक्तजीले झलमल दिनु  भो भानु झैँ स्वप्रकाश ।।

नारदजीलाई लोकको हित गर्न भनि सत्यलोकमा  पठाई 
रामायणको सरस हरि कथा काब्य दि रास्ट्रलाइ। 
नेपाली कण्ठ खोले पृथ्वी भरिमा घन्कीइन रास्ट्र बाणी 
काव्याम्रित चाखी चाखी रसिक जनहरु तृप्ति पाई रमाये।।

नेपाली काब्य धारा उद्गम स्थल भो भानुको काब्य श्रिस्टि 
श्रॆङ्गारे रास्ट्र भाषा पछि अरु कविले प्रेरणा पाई जसको। 
श्री भानुभक्तको यो अनुपम हुन गो रास्ट्रको लागि देन 
श्रद्धाको पुष्प अर्पण युग युग गर्ला देश नेपाल तिम्रो।।

(हजुरबुवाको कलम बाट)

   

0 comments:

Post a Comment