Showing posts with label Nepali writes. Show all posts
Showing posts with label Nepali writes. Show all posts

Sunday, September 16, 2018

कोठा नं. ५

आर्जितलाई आज बिहानैदेखि नै छटपटी भइरहेको थियो । यो एक घन्टामा कति गिलास पानी भ्याइसक्यो, हिसाबकिताब नै छैन । छिनछिनमा फोन हेथ्र्यो, अस्पतालको ग्यालरीमा खै के चहार्दै हिड्थ्यो । र छिनछिनमा उसका आँखा त्यही कोठा नं. ५ मा गएर अड्किन्थे ।

समितालाई त्यस कोठाभित्र लगेको त एक घन्टा मात्रै भएको थियो । तर, उसलाई लाग्थ्यो जुनी नै बितिसक्यो कि । हस्याङफस्याङ गर्दै नर्सहरू यताउता गरेको हेथ्र्यो । बस टोलाउँथ्यो । सोध्न खोज्थ्यो । के भयो भन्न खोज्थ्यो । तर, नर्सहरूले ‘सर, हजुर बाहिर बस्दै गर्नुस्’ भनेर टारी दिन्थे ।
केही मिनेटको अन्तरालमा नर्सले भित्रैबाट औषधिको लिस्ट थमाइदिन्थिन् । अनि, ऊ फार्मेसीबाहिर औषधि लिने लामो लाममा पालो कुथ्र्यो । र, चिटचिट पसिना बगाउँदै औषधि बोकेर उही कोठा नं. ५ तर्फ दगुथ्र्यो । यसरी पर्खिंदापर्खिंदै, दगुर्दादगुर्दै दुई, तीन, चार घन्टा व्यतित भए ।

अँध्यारो नि भैसकेछ । समितालाई अप्रेसन थिएटरभित्र लगेको १२औँं घन्टामा बल्ल नर्सले बाहिर निस्केर भनिन्, ‘हजुरहरूलाई बधाई छ, पेसियन्ट खतराभन्दा बाहिर हुनुहुन्छ । अब अत्तालिनुपर्दैन ।’ आर्जितको रोकिइसकेको मुटु बल्ल धड्किएजस्तो भयो ।

‘समितालाई हेर्न सकिन्छ ?’ उसले अप्ठ्यारोे मानेरै सोध्यो । नर्सले फेरि रोक्छिन् कि भन्ने डरले उसलाई सार्है गाह्रो भएको थियोे । ‘एकैछिनमा वहाँलाई पस्ट–अपमा ल्याउँछौँ । अनि, तपाईंले भेट्न पाइहाल्नुहुन्छ नि ।’ निन्याउरो भइरहेको आर्जित झन्डै खुसीले उफ्रिएन ।

आफ्नी प्रियलाई यति गाह्रो पछि हेर्न पाउने खुसीले मात्रै उसलाई फुरुंग बना’को थियो । ‘समितालाई होस् त आएको छैन होला तर, मलाई देखेपछि उसलाई यत्तिकै सन्चो भइहाल्छ’ आर्जितले मनमनै सोच्यो । त्यसमा विश्वस्त नै थियो । सोच्दा सोच्दै अलिकति रोमाञ्चित पनि भयो ।

००००

‘ओइ आर्जित, तिमीलाई देखेर त म आजित नै भइसकेँ । कतिचोटी भन्नु के मेरो एनाटोमीको किताब ल्याइदेऊ । भोलि मेरो नि टेस्ट छ, होइन !’ आर्जितको मुखमा रोटी कोचार्दै समिताले कराइन् । उनी आर्जितलाई आजित भन्थिन् । ऊ फिस्स हाँस्दै रोटी चपाइरह्यो । केही बोलेन । दुवैजना टिचिङ हस्पिटलको जर्नल वार्डबाट भरखर फर्किएका थिए, क्यान्टिनमा ।

सिनिअर डा.तीर्थसँगको १० बजेको राउन्डमा भर्ना भएका पेसिएन्टहरूको किड्नीको हिस्ट्रीबारे टिपोट गरेका थिए, दुवैले । ११ बजेदेखि कक्षा सुरु हुन्थ्यो । र, यहीबीच समय मिलाएर खाना नि खानुपथ्र्यो । आर्जित केही नबोलेपछि समिताको पारो झन तात्यो ।

आफ्नो रिस पोखेर क्यान्टिनबाट निस्किइन्, खाना नि नखाएरै । आर्जितले फेरि आज किताब ल्याउन बिर्सिएको थियो । सामिता हिँडेपछि उसले पनि अर्को गास मुखमा हालेन । लुखुरलुखुर उनकै पछिपछि हिँड्यो ।

डा.तीर्थ ग्यालरीतिर आएको देखेपछि आर्जितको एकाग्रता भंग भयो । पुरानो दृश्य त्यसै ओझेल प¥यो । दुवै हातले आँखा मिचमाच गरेर कपाल मिलायो । डा.तीर्थ नजिकै पुग्दा खुसीका आँसु झन्डै झरेनन् । डाक्टरको खुट्टा नै ढोग्यो । ‘लौ, के गरेको बाबु तिमीले ?’ डा.तीर्थले अलि पछाडि सर्दै भन्यो ।

‘डाक्टर भगवान हो भन्थे, हजुर त्यसै भएर आउनुभयो, आज । हजुर नभएको भए अहिलेसम्म के भइसक्थ्यो । म कल्पना नि गर्न सक्दिन्’ धेरै बेरदेखि रोकेको आँसु खोलाको बाँध फुटेजसरी फुट्यो र भरर झ-यो ।

‘पिर गर्नुपर्दैन, आर्जित । समिता अहिले खतराभन्दा बाहिर छिन् । समितालाई यस्तो रेअर किसिमको किड्नी डिजिज लाग्ला भनेर कसले सोचेको थ्यो होला र ! ह्वेन आई कन्सल्टेड विथ माई प्रोफेसर्स फ्रम द हावर्ड मेडिकल स्कुल दे वेअर सक्ड लाइक एनिथिङ टू । सी ह्याज अ रेअर जेनेटिक डिस्अर्डर अफ द किड्नी ह्विच इज हार्ड्ली क्युरेबल ।’

००००

‘हामी कहिले बिहे गर्ने भयौँ, समिता ?’ आर्जितले कोकको चुस्की लिँदै सोध्यो । पसिनाले निथ्रुक्क भएकी समिता केही नबोली घटघट कोक पिउन थालिन् । बोत्तल रित्तिनै लाग्दा बल्ल लामो सास फेरिन् । ‘तिमी मलाई हरेक कुरामा कति आजित पारिराख्छौ के आर्जित ? गरम्ला नि बिस्तारै । टेक अ चिलपिल म्यान’ समिता फुसफुसाइन् ।

उनी आर्जितलाई आजित भन्थिन् । र, उसलाई आजित बनाउन पनि कुनै कसर बाँकी छोड्थिनन् । ‘भोलि हाम्रो ग्राजुएसन डे । वी गोटा डिसाइड नाउ समिता । आई ह्याभ अ ह्युज फेम्ली प्रेसर । आई कान्ट स्टेन्ड वियोन्ड दिस एन्ड मोस्ट इम्पोटेन्टली, आई लभ यु’ आर्जितले एकै सासमा सबै कुरा ओकल्यो । तर, समिता टस न मस भइन् । चुपचाप कोकको बोतल मुखमा लगाइन् । र, त्यो कोकाको अन्तिम बुँद नि भ्याइन् । आर्जित एकहोरो हेरिरह्यो ।

यतिवेला पनि आर्जितले बोल्न खोज्यो । तर, बोल्न सकेन । एकहोरो समितालाई नियाली रह्यो । पस्ट–अप रुमको बेडमा सुतिरहेकी समितालाई देख्नासाथ नै आर्जितको मुटुले ढुकढुक गर्न छोडेको थियो । अस्पताल आएदेखि यो हजारौँपटक थियो होला, आर्जितलाई मुटुले साथ नदिएको । पस्ट–अपमा नल्याउँदासम्म नदेखेर उसको मन कमजोर भएको थियो, अहिले हरेकपटक देख्दा अझ बढी कमजोर हुँदैथ्नयो ।

आर्जितले घडी हे-यो । समितालाई होश आउने वेला भइसकेको थियो । ‘कुनै वेला नि उठिछिन् होला’ भन्ने सोचेर कुरी राखेको थियो । त्यसै वेला कोही आएको जस्तो पदचाप सुन्यो । पछाडि फर्केर हेर्दा डा.तीर्थ रहेछन् । डा.तीर्थकी पनि त प्रिय विद्यार्थी बनिरहिन्, समिता, सधैँ । पढाइ मात्रै होइन, हरेक चिजमा अब्बल, मृदुभाषी र साह्रै ज्ञानी जो थिइन् ।

‘सर, मैले हाम्रो देशमा रहेका विभिन्न रोगसँग लड्नलाई नै डाक्टरी पढेकी हुँ । हजुरले मलाई राम्रोसँग पढ्न जहिल्यै सहयोग गर्नुपर्छ है’, एमबिबिएस पढ्न भर्खर सुरु गरेकी एउटी फुच्चीको यस्तो कुरा सुन्दा दंग परेका थिए, डा.तीर्थ ।

त्यसपछि एमडी आफ्नै सुपरभिजनमा गराएर किड्नी विशेषज्ञ बनाउन कुनै कमी राखेका थिएनन् पनि । विधिको विडम्बना नि कस्तो ! त्यही समिता अरूको किड्नीको उपचार गर्दागर्दै किड्नीको नै असाध्यै ठूलो रोगबाट पीडित बनिन् । पीडित पनि यति कि अहिले उनको जीवन नै दोसाँधमा छ ।

००००

बिहेको पर्सिपल्ट नै हस्पिटलको डिउटी भ्याउन तयार भएका थिए, आर्जित र समिता । बिहेमा आएका पाहुना आमाको जिम्मा लगाएर बिहानै निस्केका थिए । त्यसयताका दिन, महिना र वर्ष कसरी बिते पत्तै पाएनन्, उनीहरूले । यति व्यस्त थिए कि घरबाट आउँदा र राति फर्किंदासम्मको दिनचर्याका बारेमा ब्रेकफास्ट टेबुलमै छलफल गर्थे । दुवैजना आफ्नो विशेषज्ञताले ख्याति कमाइरहेका थिए ।

काठमाडौँ मेडिकल कलेजको नेफ्रोलोजी विभागको जिम्मा हालसाल नै समिताले पाएकी थिइन् । र, इन्डोक्राइनोलोजी विभागको हेड त आर्जित अलि अगाडि नै भइसकेको थियो । व्यस्तता दिनदिनै बढ्दै थियो र बढ्ने क्रममा थिए, सुनौला सपना ।जुन प्रेमिल जोडीले देखेका थिए, सँगै कलेज पढ्दादेखि नै ।

एक दिन घर फर्किंदै गर्दा कुन्नी के सोचेर हो, समिता बोलिन्, ‘मलाई तीर्थ सरजस्तै बन्नु छ, आजित । एकदमै फ्ललेस ।’ आर्जित चुपचाप हेरि मात्रै रह्यो । केही बोलेन । फेरि बडो अनुग्रह गर्दै समिताले सोधिन्, ‘डू यू थिन्क आई क्यान बी लाइक द्याट ?’

पुलुक्क समितालाई फर्केर हे¥यो । र, काँधमा चिउँडो अड्याएर कानेखुसी शैलीमा बोल्यो, ‘यू आर द बेस्ट स्विटहर्ट एन्ड यू विल बी द बेस्ट अल्वेज ।’अहिले पस्ट–अप बेडमा समिता अक्सिजन मास्कको सहयोगमा पूरै शरीर हल्लिने गरी सास फेर्दै थिइन् ।

दाहिने छेउमा उनै डा.तीर्थ थिए, चुपचाप । बायाँतिर आर्जित । समिताको अनुहार दायाँतिर ढल्किएको थियो । समिताले बिस्तारै आँखा खोलिन् । डा.तीर्थको अनुहार खुसीले उज्यालियो । बिस्तारै बायाँतिर टाउको घुमाइन् । पुलुक्क आर्जितलाई हेरिन् । ऊ पनि मुस्कुरायो । र, क्यानुला रोपिएको हातमा बिस्तारै थपथपायो । समिताले डा.तीर्थतिर टाउको घुमाइन् ।

र, यतिवेला आर्जितलाई समिताले उही प्रश्न सोधेजस्तो लाग्यो, ‘डू यू थिन्क आई क्यान बी लाइक द्याट ?’आर्जितको बोलि फुटेन । तुरुक्क आँशु चुहिए ।

                                      **************************************
प्रकाशित : http://www.nayapatrikadaily.com/2018/07/07/69291/
मिति : २३ असार २०७५ 


Monday, February 01, 2016

सकस !!

आफ्नो गतिमा उन्मुक्त पौडी रहेको माछोलाई पानि बाट निकालेर बाहिर जमिनमा छट्पटिन छाडि दिदाँ शायद तेस्तै हुदों हों जुन छट्पटाहट भोग्ने मौका कहिले काहिँ तिमीले मलाई दिन्छौं।

नाइँ भनेर कराउन नि नसक्नुको सकस भोग्नेलाई त थाहा होला नि होइन ?

इति !! 

Thursday, November 26, 2015

मनौरो !

"सिग्रेट छोड्दा नि त्यो सिग्रेटको माया लाको होला हैं तिमीलाई, तर मबाट टाढा हुदाँ मेरो अलि नि माया लागेन नि?," भन्दै जोरसँग फोनमा कराइछे ऊ।  समिरसँग बोल्ने नि मन थिएन ऊसलाई तर सहनको नि सीमा हुदों हो शायद। अनि आज त्यो बाँध फुटेको थियो।

"सिम्रिका" हो यहि नाम दिएको थियो समिरले काजललाई र ऊ पनि यो नाम पाई मक्ख परेकि थिई। थाहा थिएन नि दुनियाको नियम ऊसलाई।  आफु जस्तै सरस-सलिल जो सोच्दथि सबैलाई। समिर पनि आफ्नो नाम सरि नै थियो, उडेर जान आतुर। तर समीरको उडानले काजलका खुला पखेटाहरुलाई काटिदिएको थियो र ऊस्लाई यस्को हेक्का नि थिएन। हेक्का ऊ लिन नै चाहदैन थियो खासमा। ऊ उन्मुक्त हुन चाहन्थ्यो, उन्मुक्तताको सिमा नै थिएन उस्को जीवनमा । मनुष्य स्वार्थि हुञ्छ, हो यो ध्रुव सत्य हो! तर स्वार्थको नि सिमा हुदों हो सायद तर समीरको जीवनमा यो नि लागु हुदैन थियो। काजल सोच्दथी बेर-बेरमा त्यस्तो निस्ठुरी त होइन होला समिर, तर समिरको बारेमा रहेको हरेक सोच नै गलत ठहरिदैं आई रहेको थियो उस्को अहिलेसम्म  ।

पढ्ने निकै शौक थियो काजललाई । पढेकी थिइ उसले वियोगान्त कथाहरु जुन् पढ्दै गर्दा उसलाई निकै हाँसो उठ्थ्यो। तर जीवन भनेको त ठ्याक्क त्यो फिक्सनल कथा जस्तै पो हुदो रहेछ त, सम्झी-सम्झी उस्लाई रुन आईरहेको थियो अचेल। मुड छिन् छिन्मा परिवर्तन भै रहन्थ्यो उस्को आजकाल। खाने मन झन् बढि लाग्ने , कुरा गर्दा-गर्दै रिस उठि हाल्ने वा आँखा पिल-पिलाउने हुने भै रहन्थ्यो ।  बडो गाह्रो स्थिति थियो उस्को। आज सम्म थाहा पाएकी थिइन उस्ले त्यस्तो नि हुन्छ भनि, जीवनको नयाँ आयामहरु उस्को आँखा सामु प्रस्ट जो भै रहेका थिए।

सोच्दा सोच्दै दिउसोबाट साँझ परि सकेको रहेछ। "नानि खान आउ," आमाको पाँचौ पटकको पुकार थियो त्यो। जहिले ढिला नै खान जान्थी उ, तेही भएर खासै वास्ता भएको थिएन उस्को क्रियाकलाप घरमा कसैलाई। उ टुटेकि थिइ भन्ने त कसैले कल्पना नै गर्न सक्दैनथ्यो, यति प्रखर र कडा छाप थियो उस्को घरमा।  तर सायद अब यो  मुखौटा पहिरिन सक्ने स्थितिमा थिइन ऊ।  ऊ आजित भै सकेकी थिइ आफै संग।  बेर बेरमा भागेर कुनै पहाडको कुनामा जाउ जस्तो लाग्दथ्यो ऊसलाई। तर यसरि समस्या संग भाग्ने बानि नि थिएन उस्को, तेही भएर आफुलाई रोकी राखेकी थिई उसले। कुन दिन यो बाँध फुट्ने छ र आफु भित्र रोकी राखेको भेल बग्ने छ भन्ने मात्र पिर थियो ऊसलाई। तेही भएर नि ऊ समिरलाई एक चोटि भेट्न चाह्न्थी, मनमा लागे जतिको सबै भडास समिरलाई नै सुनाएर आजित हुन चाहन्थी ऊ यो छट्पटीबाट।

मोबाइल निकालेर म्यासेज छोडी दिई समिरलाई ऊसले तेही भएर "म तिमीलाई भेट्न चाहन्छु समिर। भोलि भेटम न ५ बजे पाटनमा। "

"सरि सिम्रिका, म त अहिले काठमाडौँ बाहिर छु। फर्किए पछि कल गर्छु नि ल। अनि भेटम्ला।" म्यासेजको जवाफ तुरन्तै आयो। ठिक्क कुरो गर्ने बानि जो थियो समिरको सम्झि काजलले। भेट हुदा चाहिँ समिर नै बढि बोल्दथ्यो, देश/दुनिया/ ठाउँ सबैको बारे, तर म्यासेज चाहिँ काजलको हुन्थे लामा लामा। लेख्ने शौक भएर हो कि वा लेखेर बढी भन्न आऊँदथ्यो ऊसलाई ऐले सम्म टुंगो लगाउन सकेकि थिइन ऊसले।

तेस्पछिका कयौ दिन कुर्दै बिते।

*********************

आज चाँही समिरलाई  भेट्न बोलाएकी थिई ऊसले। (क्रमश:).......मनौरो (भाग-२)!

Friday, July 17, 2015

सोच-३

अनि अचानक लाग्यो जो जस्तो हुञ्छ उसलाई तेस्तै व्यवहार गर्नु कि नाइँ ?

उत्तर खोज्दैं छु।

इति !!

Tuesday, June 30, 2015

ऊ- २ !

"आज देखि साँस लिन छोडि देऊ तिमि," आदेशात्मक पारामा भनेछन् उनीले। उन्को भनाईको लवज सुनी साँसको आवस्यकता नै केहि रहेनछ जस्तो लाग्यो ऊलाई पनि, अनि साँस रोकि बसि दिइ ऊ।

इति !!

Friday, June 12, 2015

ऊ !!

"टिनको डब्बा उठाएर फाले जस्तो गर्नु भयो नि हजुरले, म त हाड/छाला र हृदय भएको मनुस्य पो थिए त।" यतिभन्दा भन्दै उस्को आवाज भासियो, अनि मुख फर्काएर हिडिछे ऊ !!

इति !!


Sunday, May 03, 2015

प्रिय धरहरा !

प्रिय धरहरा,
तिमीलाई देखे 
गलेको 
ढलेको 
निढाल 
अस्तित्व-विहिन 
कहिले नउठ्ने गरि 
सुतेको। 

त्यसरी देख्दा,
मन थामेको  
बाँध फुट्यो 
चित्त फाट्यो 
सुस्केरा छुट्यो 
हाँसो हरायो 
आखाँ रोयो 
आशु बग्यो। 

मनलाई संभाले 
हेरे फर्की एता उता 
फेरी देखे 
तिमी माथि चिल कौवा सरि 
झुन्डिएका ती 
मनुष्यका हुल 
तिमीलाई खोपि रहेका 
नोचि रहेका। 

प्रिय धरहरा, 
यस्तो एक्लो 
त्यसरि बर्सौ वर्ष 
ठाडिदा नि
कहिल्यै भएको थिएनौ त तिमी 
जसरि ढल्दा 
तिमि एक्लियौ 
निस्सासियौ 
र फेरी विस्मृति मा विलिन हुन पुग्यौं।। 


इति !!

Tuesday, March 24, 2015

निर्विकल्पित !

निर्विकल्प भएर ऊ विकल्प खोज्न हिडिछे।  थाहा थियो ऊलाई के भै राखेको छ, आगामी के हुनेछ अनि सबै ति तेस्ता कुराहरु। धेरै चोटि आउने बिचार नै यहि थियो कि ऊलाई हरेक कुराको पूर्वाभास कसरि हुन्छ।  फेरि सोच्थि केहि थाहा नै नहुने भए कति रमाइलो हुन्थ्यो जिन्दगि अनि फेरि अर्को सोच आई टोपल्थ्यो या बढि भयावह नै हुन्थ्यो।  जे होस् ऊस्को सोचको परिधि भन्दा बाहिर पुगिसकेको थियो हरेक कुरो अनि ऊ धेरै कुरो नि सहन नसक्ने भै सकेकि थिई।  

फेरी सोच्थि ऊस्ले चाहेंकि त थिइन नि य़ी सब कुरो फेरि उसै सँग किन हुन गएछ सब। तेहि भएर यि सब कुरो बाट टाढा रहन चाहन्थी ऊ। यि यदावत अन्तहिन सोचहरुले ऊस्लाई निकै नै गाह्रो गरिरहेको थियो केहि समय अघि देखि नै।  तर ऊस्को दुर्भाग्य ऊ केहि गर्न नि सक्दिन थिइ यस् बारे, आफुसँग गन-गन गर्न सिवाय।  

इति !

Tuesday, January 20, 2015

समय !

समय मसँग नभएको हो कि
समय तिमीसँगै नभएको हो
समयको वास्ता तिमीले नगरेको हो कि—
समयलाई मैले नै नचिनेको हो
समयसँग लुकामारी खेल्दै जाँदा 
समयकै कथा–व्यथा भन्दै जाँदा 
यही समय
सधैं आफूसँग कहिल्यै रहेन

हे समय ! 
तिम्रै गीत गाइरहँदा
हर निमेष तिम्रै कुरा गरिरहँदा
मलाई— सधैं तिमी किन अपुग हुन्छौ ?

फेरी पनि तिमीलाई नै सम्झीरहँदा 
तिम्रै कुरा गरिरहँदा 
तिमि जहिल्यै सकिहाल्छौ-
हातबाट बालुवा सरि 
मिर्मिरेमा उदाएको सुर्य अनि 
अध्यारो रातका चकमन्न तारा सरि
बद्लीहाल्छौ मौसम सरि 
अनि बगिहाल्छौ नदि सरि 

हे समय ! 
तिम्रै कथा सुनाइरहँदा
तिम्रै बारे व्याख्या गर्दा 
तिमी—सधै किन प्रश्न बनि आउछौ ?


इति !
परिदृश्य: गुगल इमेज! 

Tuesday, January 06, 2015

फेरी तिमी !

तिमी,
हरायौ
बिलायौ
कता कता

तिमीलाई,
खोजे
यता
फेरी उता

तिमीलाई,
खोज्दा
थाके
यदा कदा

तिमी,
नभेट्दा
छट्पटाये
सदा सदा !



एवमस्तु !!
तस्विर: विशाल !
पहिले: तिमी!

Friday, November 28, 2014

सोच- दोस्रो कडी !

कति निरिह छ प्राणि आफ्नो सोचको आवेग थाम्न नसकि आफ्नैहरुको बीच पराया जस्तो हुन पुग्दछ।  कसरि सम्झाउनु त्यो सोचलाई जहिले टाठो भएर बसेस्, जहिले विचारवान भएस् । कसरि भन्नु ति उडी हिड्ने सोचहरुलाई - तैले कहिल्यै कुनै फरक तरिकाले सोच्न पाउदैनस् , केहि गर्न त झनै पाउदैनस् । सदैव एकै तरिकाले  बसेस् । दुखे पछि ऐया नि नभनेस् । खुशी भएपछि जे गर्न मन लाग्छ गरेस्। बस् आफ्नो काबुमा बसेस्। यसैलाई आफ्नो जीवन मन्त्र बनाइ हिडेस्।  

अस्तु !
पहिलो: सोच- एक कडी

Monday, November 10, 2014

डडेल्धुरा नियात्रा !

कार्तिक २१, २०७१
डडेल्धुरा नियात्रा

लेख्न शुरु गर्दा मेरो एक जना साथीले भनेको सम्झिए, "घुम्न र फोटो खिच्न कस्लाई पो मन पर्दैन होला र?" र त्यो मन पराइबाट म आफुलाई नि कहिल्यै पनि टाढा राख्न सक्दिन :-) हुन त म सुदुर पश्चिममा नै हुर्के बढेको हुँ तर यहाँको डाडा काडा चाहार्ने मौका भने मलाई कहिल्यै नि मिलेको थिएन। यसपाली जब चिया पिउदै मेरी एक जना साथीले डडेल्धुराको उग्रतारा मन्दिरमा बर्षेनी लाग्ने जात(मेला)मा समिल्लित हुन जाने कि भनि प्रस्ताव राखिन्, मन तेसै फुरुङ्ग भयो। जानु पर्छ होला भन्ने चिया गफ भयो र कुरो तेतिकै टुंगियो।  म आफु चाही एक पटक नि आफ्नो क्षेत्र को डाडा काडा न गएको र एउटा नया क्षेत्र घुम्न पाउने मोह त्याग्न न सकि अर्को दिन जानपर्छ भन्ने योजनालाई तुरुन्तै कार्यन्वयन गर्नतिर लागेम। र यसरि शुरु भयो  भयो कार्तिक पुर्णिमाको दिन बिहानै हाम्रो "उग्रतारा जात (मेला)" दर्शन को मेलो। हामि ६ जना अफिसका 'कलिग' बिहानै पख उठी लाग्यौ पश्चिम पहाड तिर। धनगढीबाट शुरु भएको हाम्रो यात्रा निकै घुमाउरो बाटो हुदै डडेल्धुरा तर्फ लाग्यो। तेही बाटा र हाम्रो घुमाइको केहि प्रसङ्ग मैले फोटो हरु मार्फत राख्ने जमर्को गरेकी छु।  


डडेल्धुराको बाटोको सुरुवात यहाँ बाट भएको।    

मनमोहक हिम-शृंखला 

मनमोहक हिम-शृंखला-२ 

उग्रतारा मन्दिर जाने बाटो 



उग्रतारा प्रागंड 

उग्रतारा मन्दिर 

मेला को मेलो 

मनमोहक फिरफिरे :-)!

:-)



सैनिक गडि 



सुरुङ्ग भित्र जाने बाटो 


बाटाहरु :-)!

ढल्किएको दिन :-)

र यसरि विभिन्न याद बोकी सकियो डडेल्धुराको नियात्रा।  

इति !!

Monday, October 20, 2014

क्षण-२ !!

"कस्तो हुदो हो जब तिमीले आफुले नगरेको गल्तिको सजाय भोग्नु पर्ने हुन्छ । तिमिले केहि गरेको नि हुदैनौ, न केहि भन्नलाइ नै हुन्छ तिमि सङ कहिले पनि। तर जहिले कुसुरवार सरि तिमीलाई नै ठड्याइञ्छ," उनीले भनिन् आफु सँग नै।

आफु सँग बोल्ने  बानि नै भैसकेको  थियो उन्को अचेल।  तेही लवजमा अरुले जो बुझ्दैन थिए उन्ले भनेको कुरोहरु। अनि उनि नि कसैलाई बुझाउन नसक्ने भई कि थिइन अचेल । उनिलाई जहिले नया नया कुरो गरी रहन पर्ने । कति तेही कुरो भनि रहनु जस्तो लाग्न थालेको थियो उनिलाई । एकै ठाउमा बसी रहनु, एकै कुरो गरी रहनुले विकासक्रम बाधिएको जस्तो लाग्थ्यो उनिलाई।  

जहिले चरी सरि उड्न, नयाँ आकाश चाहार्न चाहन्थिन उनि । उडान कसैले रोकी देला? पन्ख कसैले काटी देला ?भन्ने डर चाही जहिले रहन्थ्यो फेरी उनिलाई । आफ्नो वरि-परिको परिवेश बारे के नै भन्न सकिन्थ्यो र उसै पनि?

कुन दिन कुनै बाजले फड्को हानि आउछ र अनन्त आकाशलाई नै सानो बनाइ दिन्छ भन्ने बडो डर छ उनिलाई ।  तेही डरले होला शायद, उनको आखा बडो बोल्न थालेको छ अचेल।  केहि डर नभनिए नि आखामा जो देखिन्छन। तर ति सादा डराएका आखा कुनै रुपमा नि राम्रो देखिदैन भनेर बुझाउन सक्ने क्षमता उनि आफु संग नि  रहेको छैन अचेल। सोच्दा-सोच्दै आखा पत्थर सरि सुन्न प्राय हुन जान्छन अनि थकित भएर सुत्छिन उनि।


इति !
पहिलो: क्षण !!
चित्र: डेविअण्ट आर्ट बाट !

Saturday, September 27, 2014

उडानको आधार

त्यो दिन हाम्रो भेट भएको पहिलो पटक थियो।

"के जानेकी छ्यौ," उसले सोध्यो।

"शब्दहरु खेलाउन जानेकी छु। यहि नै हो एउटा विशेषता," मैले भनि दिए।

उ एकैछिन मुस्कुरायो। अनि फेरी भन्यो, "शब्द संग  निकै  प्रेम छ जस्तो छ नि.… " उसले अरु केहि भन्नु अघि म फेरी बोल्न पुगें, "शब्द खेति नै हो जसले हामीलाई जोडेको छ , मल-जल पायो भने सम्बन्ध हरहराउँछ नभए येतिकै सुक्दै जान्छ बालक बबुरो। "

उ मुक्त कण्ठले हाँस्यो,"वास्तवमा नै जानेकी छ्यौ तिमीले शब्द खेलाउन।"

एक छिन कोहि केहि बोलेनौ।  ऊ नि सोच्न थालेँ जस्तो गरि बस्यो।  म नि चुप लागेर बसेँ।

"हो यसरि नै आफुलाई उड्न दिईरहनु।  अनन्त आकाश छ, रोक्ने हैन यी शब्द रुपी तिम्रा पखेटाहरुलाई। उड्न देउ, बग्न देउ।"

"रिचार्ड बेकको 'जोनाथन लिविङ्ग्स्टोन सी गल' पढेकी छ्यौ नि ?" उसले अचानक सोध्यो।

"छु," मैले संक्षिप्त उत्तर दिए।

"हो त्यो सी गलले जस्तै आफुलाई परिधिमा नबांधी अनन्त आकाशमा उड्नको लागि छाडी देउ। रमाइलो छ संसार। बस आफुलाई अनन्त उडान प्रदान गर," उ त्यहि लयमा भन्दै गयो।

म चुप लागेर उसको  कुराहरु सुनी रहेकि थिए।  चिया आइसकेको थियो हामी माझ।

त्यो चियाको चुस्की लिई म एकैछिन हराएँकि जस्ति भएँ। टाढा आकाशमा त्यहि सी गल नै उडेको देखेको जस्तो लाग्यो।  अचानक आ-आफै मुस्काउन थालेछु म।  उ अचम्म मानि मलाइ हेरी राखेको थियो।



इति !
चित्र: वेब बाट !



Sunday, January 12, 2014

ऊ !

"भनेको थिए नि मैले, कि मैले तिमीले नै भनेको मान्नु पर्छ भनि । तिमी रिसाएको थियौ त तेति बेला, तर आखिर तिमीले भनेको नै मानि मैले जानु पर्यो नि । जुन कुराले तिमी रीसाएको थियौ आखिर तेहि भयो नि।"

Silence creeped in for a while....

"तिमी यति बिशाल हुन पुगेछौ कि मैले त छुन नै सक्ने रहेनछु नि साथी" यति भन्दै हिडिछे ऊ ।

इति !!
परिकल्पना: सोच @दमोमेन्ट्स 

Friday, February 08, 2013

सोच- एक कडी

उस्ले भनेको जस्तै मलाई पनि नेपालीमा लेख्न शब्द भेटिन  छुटी सकेको थियो हो, यो मेरो नै कमजोरी हो भन्ने नि मैले बुझेको थिए तैपनी शायद आफ्नो कम्जोरी लाई आत्म्सात गर्न यो मन जानी नजानी मानि राखेको थिएन। पागल मन हो जहिले आफ्नो सोच लाई नै शही जो सोच्दछ, अरुले भनेको कुनै माने नै राख्दैन भन्ने जसरी