निर्विकल्प भएर ऊ विकल्प खोज्न हिडिछे। थाहा थियो ऊलाई के भै राखेको छ, आगामी के हुनेछ अनि सबै ति तेस्ता कुराहरु। धेरै चोटि आउने बिचार नै यहि थियो कि ऊलाई हरेक कुराको पूर्वाभास कसरि हुन्छ। फेरि सोच्थि केहि थाहा नै नहुने भए कति रमाइलो हुन्थ्यो जिन्दगि अनि फेरि अर्को सोच आई टोपल्थ्यो या बढि भयावह नै हुन्थ्यो। जे होस् ऊस्को सोचको परिधि भन्दा बाहिर पुगिसकेको थियो हरेक कुरो अनि ऊ धेरै कुरो नि सहन नसक्ने भै सकेकि थिई।
फेरी सोच्थि ऊस्ले चाहेंकि त थिइन नि य़ी सब कुरो फेरि उसै सँग किन हुन गएछ सब। तेहि भएर यि सब कुरो बाट टाढा रहन चाहन्थी ऊ। यि यदावत अन्तहिन सोचहरुले ऊस्लाई निकै नै गाह्रो गरिरहेको थियो केहि समय अघि देखि नै। तर ऊस्को दुर्भाग्य ऊ केहि गर्न नि सक्दिन थिइ यस् बारे, आफुसँग गन-गन गर्न सिवाय।
इति !
0 comments:
Post a Comment